शुक्रबार दाङको तुलसीपुरमा थप १० जनामा कोरोना संक्रमण पुष्टि

दाङ । शुक्रबार दाङको तुलसीपुरमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पिसिआर परिक्षण गर्दा ५ जना, नेशनल प्याथ ल्यावमा परिक्षण गर्दा ३ जना र एन्टिजिनमा परिक्षण गर्दा २ जनामा गरि थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिए ।

उनका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ मा २ महिला, ३ पुरुष गरि ५ जना, वडा नं. ५ मा १ महिला, वडा नं. ९ मा १ पुरुष, वडा नं. १२ मा २ जना पुरुष र वडा नं. १६ मा १ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यी सबै संक्रमित अहिले होम आइसोलेशनमा रहेका छन । तुलसीपुर उपमहानगरपालिका फोकल पर्सन केसीले तुलसीपुरमा हाल ३८ जना संक्रिय कोरोना संक्रमित रहेको जानकारी दिए ।

कोरोना अस्पताल बेलझुण्डीको आइसोलेसनमा ८ जना, नेपालगञ्ज भेरी अस्पतालकोे आईसोलेसनमा ७ जना, होटल आइसोलेशनमा १ जना र २१ जना होम आइसोलेशनमा रहेको फोकल पर्सन केसीको जानकारी दिए ।

तुलसीपुरमा हालसम्म मृत्यु हुनेको संख्या २४ पुगेको छ । साथै फोकल पर्सन केसीले कोरोनाको जोखिम बढ्दै जान थालेकोले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०७८ बैशाख ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस