कोहलपुरमा बस र ट्रक दुर्घटना, ३८ घाइते र एक मृत्यु

बाँके । कोहलपुर नगरपालिको आर्मी क्याम्प नजिक एकआपसमा बस र ट्रक ठोकिदा ३८ जना घाइते भएका छन् । सुर्खेत साटाखानी ५ का जीवनकुमार न्यौपाने मृत्यु भएको छ ।

जिल्ला ट्राफिक कार्यालयका प्रमुख राजु भण्डारीका अनुसार ३८ जना घाइते भएको र एक जनाको घटना स्थलमा मृत्यु भएको बताए। सो बसमा ३९ जना यात्रु रहेको जिल्ला ट्राफिक कार्यालयका प्रमुख भण्डारीले बताए ।

उनका अनुसार घाइतेहरुलाई नेपालगञ्ज मेडिकल कलेजमा उपचारको लागि लग्ने काम भइरहेको जानकारी दिए । अन्य थप जानकारी आउन बाँकी ।

प्रकाशित मिति : २०७८ बैशाख ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस