जोगियो कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीको पद

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ । प्रदेश सभामा विश्वासको मत पाएपछि महेन्द्रबहादुर शाहीको पद जोगिएको हो । ३९ सांसद रहेको कर्णाली प्रदेश सभामा विश्वास पाउन मुख्यमन्त्री शाहीलाई २० प्रदेश सभा सदस्यको मत चाहिन्थ्यो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले २२ मत प्राप्त गरेका थिए ।

प्रदेश सभामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको दल नेकपा माओवादी केन्द्रका १२ जना मात्र सांसद छन् । ६ जना सांसद रहेको नेपाली कांग्रेसले पनि मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएको छ । एक सदस्य रहेको राप्रपा भने तटस्थ रह्यो । नेकपा एमालेका चार जना सांसदले मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेका हुन् ।

एमालेका प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले ’फ्लोर क्रस’ गरेर माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गरेका थिए ।

प्रकाशित मिति : २०७८ बैशाख ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस