दाङसहित १४ जिल्ला कोरोना प्रभावित घोषणा, विद्यालय बन्द गर्नेदेखि भीडभाड नगर्न आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दाङसहित देशभरका १४ जिल्ला कोरोना महामारीबाट अति प्रभावित जिल्लाको रुपमा घोषणा गरेको छ । जसमा राजधानी उपत्यका तीन जिल्ला काठमाडौं भक्तपुर र ललितपुर पनि रहेका छन् ।
त्यसैगरी अति प्रभावित जिल्लाका रुपमा लुम्बिनी प्रदेशमा पनि दाङसहित बाँके र रुपन्देही गरी ३ जिल्ला परेका छन् । अन्य जिल्लामा कास्की, चितवन, पर्सा, कैलाली, मोरङ, सुर्खेत, बारा र बागलुंग रहेका छन् । यि जिल्लामा विद्यालय बन्द गर्नेदेखि भीडभाड हुने ठाउँमा नजान मान्त्रालयले आग्रह गरेको छ ।
मन्त्रालयले आज सूचना जारी गर्दै बढी भीडभाड हुने सबै क्षेत्र तथा सेवाहरु अविलम्ब बन्द गर्नुपर्ने अवस्था भएपनि विद्यालय, रात्री व्यवसायहरु, सात बजेपछि सबै रेष्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जीम, सार्वजनिक पूजाआजा तथा जात्राहरु, सभा सम्मेलन, बैठक तथा भेलाहरु, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिंग पुल आदि स्थलहरुमा सहभागि नहुन आग्रह गरेको छ ।
