कोरोना संक्रमणबाट दाङकी एक महिलाको मृत्यु
दाङ । दाङमा कोरोनाबाट एक महिलाको मृत्यु भएको छ । कोरोना अस्पताल बेलझुण्डीमा उपचारका क्रममा तुलसीपुर उपमहानगरपालिका ७ निवासी ५५ बर्षीया महिलाको मृत्यु भएको अस्पतालका ब्यवस्थापक दोर्ण वलीले जानकारी दिए ।
ति महिलाको करिब बिहीबार दिउँसो करिब पौने ४ बजेतिर मृत्यु भएको उनले जानकारी दिए । उनलाई गत चैत्र २३ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा कोरोना परीक्षण गर्दा पुष्टि भएको थियो । उनी चैत्र २४ गते अस्पतालमा भर्ना भएको र आइसीयुमा उपचार हँुदै गर्दा मृत्यु भएको ब्यवस्थापन वलीले जानकारी दिए ।
अहिले अस्पतालमा घोराही र तुलसीपुरका गरी १९ जना कोरोना संक्रमितहरु रहेको र ति मध्य ५ जनालाई आइसीयुमा राखेर उपचार भइरहेको उनले जानकारी दिए ।
प्रकाशित मिति : २०७८ बैशाख २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस