गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य
काठमाडौं । गण्डकी प्रदेश सरकारले चालु अधिवेशन अन्त्य भएको छ । अविश्वासको प्रस्ताव रोक्न गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेका हुन् ।
मुख्यमन्त्री गुरुङको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले बुधबार राति १२ बजेदेखि लागु हुने गरि अधिवेशन अन्त्य गरेका हुन् । अधिवेशन अन्त्य भएको सूचना आइपुगेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
गण्डकीमा नेपाली कांग्रेस र माओवादी केन्द्र मिलेर नयाँ सरकार बनाउने तयारी भइरहेको थियो । त्यसका लागि बिहीबार नै मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने सहमति पनि भएको थियो । तर,अविश्वास प्रस्ताव रोक्न प्रदेश प्रमुख शेरचनले मध्यरातमै प्रदेशसभा अन्त्य गरेका छन् । चालु अधिवेशनको अर्को बैठक वैशाख ६ गते बोलाइएको थियो ।
तर राजनीतिक खिचातानिकाबिच आफूविरुद्ध अविश्वासको प्रस्ताव आउने भएपछि मुख्यमन्त्रीले अधिवेशन अन्त्यका लागि सिफारिस गरेका हुन् ।