प्यूठान दुर्घटना अपडेट : प्रशासकीय अधिकृतसहित चारको मृत्यु

प्यूठान । प्यूठानको स्वर्गद्वारी नगरपालिका २ रुमालेमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । गुल्मीबाट स्वर्गद्वारी दर्शन गर्न आएको लु.१.ज.१६५५ नम्बरकोे जीप बाटोदेखि करिब १५० मिटर तल खस्दाँ ४ जना पुरुषको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।

मृत्यु हुनेमा गुल्मी मुसिकोट नगरपालिका ३ बस्ने २२ बर्षीय गाडी चालक केशव कार्की, गुल्मीका करिब ३६ बर्षीय सुर्य पन्थ, गुल्मीका ३६ बर्षीय ईश्वर भण्डारी, स्याङ्जा घर भइ हाल जिल्ला प्रशासन कार्यालय गुल्मीमा प्रशासकीय अधिकृत पदमा कार्यरत करिब ३९ बर्षीय श्याम न्यौपाने र गाडीमा च्यापिएका नाम थर वतन नखुलेको करिब २८ बर्षीये १ जना पुरुषको रहेको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा परी घाईते हुनेहरुमा गुल्मीको रेशुङ्गा नगरपालिका ४ बस्ने २३ बर्षीया सुनिता कडेल (अवस्थ मध्यम), सोही ठाउँकी २९ बर्षीया बसन्ती पौडेल (अवस्था मध्यम), उनकी ४ बर्षीया छोरी निकिता पौडेल (अवस्था सामान्य), ३० बर्षीया गीता बोहरा (मुखिया) (अवस्था मध्यम), उनका १० बर्षीया छोरा अनिस मुखिया (अवस्था सामान्य), गुल्मी चन्द्रकोट गाउँपालिका ८ की २४ बर्षीया तारा भण्डारी (अवस्था मध्यम), सोही ठाउँका ६ बर्षीय आशिष भण्डारी (अवस्था सामान्य), गुल्मी मुसिकोट नगरपालिका ६ का ३३ बर्षीय दिल बहादुर थापा (अवस्था मध्यम), सोही ठाउँकी २७ बर्षीया कमला पन्थी (ज्ञावली) (अवस्था मध्यम), १२ बर्षीय सार्थक ज्ञावली (अवस्था सिरीयस), प्यूठानको माण्डवी गाउँपालिका ३ को ३७ बर्षीय सन्जिव परियार (अवस्था सिरीयस) रहेको प्रहरीले जनाएको छ ।

उक्त जीपमा करिब १४/१५ जना सवार रहेको भन्ने बुझिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ बैशाख १ गते बुधवार
प्रतिक्रिया दिनुहोस