सोमबार थप १० जनामा कोरोना संक्रमण पुष्टि

दाङ । आज (सोमबार) तुलसीपुरमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र नेपालगञ्ज मेडिकल कलेज तथा काठमाडौं मेडिकल कलेजमा गरिएको पीसीआर परीक्षण गर्दा १० जनामा कोरोना संक्रमण पुष्टि भएको उपमहानगरका कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिए ।
जस अन्तरगत वडा नं. ६ का ५ जना ३२,४५ र ६५ बर्षीया महिला र २१, ६३ बर्षीय पुरुष, त्यसैगरी वडा नं. १३ का २ जना २७, ५७ बर्षीया महिला, वडा नं. २ का ४२ बर्षीय पुरुष, वडा नं. १२ का ६५ बर्षीया महिला, वडा नं. १० का ३२ बर्षीय पुरुष रहेको केसीले जानकारी दिए । संक्रमित मध्य ७ जना बेलझुण्डी आइसोलेशन र ४ जना भेरी आइसोलेशनमा भर्ना भएको उनले जानकारी दिए । यो सँगै तुलसीपुरमा सकृय संक्रमित संख्या २२ पुगेको छ । यस मध्य १ जना भारतबाट आएका, १ जना काठमाडौँवाट आएका, ४ जना नेपालगञ्जबाट र अन्य यहि रहेको उनले जानकारी दिए । यो सँगै तुलसीपुरमा हालसम्म जम्मा संक्रमित संख्या ८६१ जना पुगेको छ, भने कोरोनाबाट मृत्यु हुने संख्या २३ जना रहेको छ ।
हाल कोरोनाको जोखिम बढ्दै गएको र संक्रमण दर बढ्दै गएकाले सबैलाई सावधानी अपनाउन र संक्रमित व्यक्तिहरु वडाको जनप्रतिनिधिहरु तथा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न समेत फोकल पर्सन केसीले आग्रह गरेका छन् ।