२४ घण्टामा ४ सय ९६ जनामा कोरोना पुष्टि, १३ जनाको मृत्यु
दाङ । पछिल्लो २४ घण्टामा ४ सय ९६ जना कोरोना संक्रमित थपिएका छन् । नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८० हजार ५ सय २४ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार १ सय ३८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।
यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७४ हजार १६५ पुगेको छ । हाल देशभर ३ हजार ३ सय ६ जना सक्रिय संक्रमित रहेका छन् । गत २४ घण्टामा ४ हजार ३ सय ७८ पीसीआर परीक्षण गरिएको थियो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १३ जनाको मृत्यु भएको छ ।
देशभर हालसम्म कोरोनाबाट मृत्यु हुने संख्या ३ हजार ५३ पुगेको छ ।
प्रकाशित मिति : २०७७ चैत्र ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस