चितवनमा ट्याक्टर दुर्घटना, ५ जनाको मृत्यु
चितवन । चितवनको राप्ती नगरपालिका वडा नम्बर ११ मा ट्याक्टर दुर्घटना परि ५ जनाको मृत्यु भएको छ । ११ नं. वडा कार्यालय भवनको ढलान गरि मजदुर बोकेर फर्कदै गरेको ना १ त ६२८२ नम्बरको ट्याक्टर चिउरिटार भन्ने स्थानमा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता सुर्यबहादुर थापाले दिएको जानकारी अनुसार २५ जना सवार ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । भने अन्य केहि घाइते भएका छन् । रातिको समय हुनाले ट्याक्टर घुमाउरो सडकबाट झन्डै १ सय ५० मिटर तल खसेको प्रहरीको अनुमान रहेको छ ।
मृतक र घाइतेको विवरण खुल्न बाँकी रहेको छ ।
प्रकाशित मिति : २०७७ चैत्र ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस