२०८० असोज ७ गते आइतवार

गाउँपालिकामा पहिलो पटक भिडियो एक्सरे सेवा

डोटी । बडिकेदार गाउँपालिकाले पहिलो चोटि भिडियो एक्सरे मेसिन सेवा सुरु भएको छ । गाउँपालिका अध्यक्ष कार्यक्रम अन्तर्गत गाउँपालिकाले भिडियो एक्सरे मेसिनको स्थापना गरेको हो । बडिकेदार गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले एक कार्यक्रमका बिच भिडियो एक्सरे मेसिनको उद्घाटन गर्दै गाउँपालिका भित्रका जनताले नेपालगञ्ज, दिपायल, धनगढी र भारतका विभिन्न ठाउँमा गयर उपचार गर्नुपर्ने बाध्यताको अन्त्य गर्दै आर्थिक अभावमा छट्पटीदै ज्यान गुमाउँदै गरेका स्थानीयलाई केहिहद सम्म उपचारमा सजिलो होस् भन्ने भनेर एक्सरे मेसिनको स्थापना गरियको गाउँपालिकाका अध्यक्ष चन्दले बताए ।

त्यस्तै गाउँपालिकाले ६० बर्षभन्दा माथिका ब्यक्तीहरुलाई निःशुल्क उपचारको ब्यवस्था गरेको छ । गर्बपती महिला र अपांगता भयका ब्यक्तीहरुलाई पनि निःशुल्क उपचारको ब्यवस्था रहेका बताए । वृद्धि बिर्दाको हकमा नागरिताको प्रमाणपत्र, गर्भपतिको हकमा सम्बन्धित संस्थाहरुको कार्ड र अपांगता भएकोहकमा सम्बन्धी संस्थाको अपांगता परिचयपत्र अनिवार्य रुपमा देखाउनु पर्ने छ ।

गाउँपालिकामै भिडियो एक्सरे मेसिनको उद्घाटन भएसँगै यस ठाउँका स्थानीयहरुले सहजरुपमा सेवा सुबिधा पाउने बडिकेदार गाउँपालिकाका स्थानीय राम बहादुर बोहराले बताए । गाउँपालिकाका अध्यक्ष चन्द र उपाध्यक्ष इन्द्रा बोहरा भाटको भिडियो एक्सरे गरेर एमबिबिएस डाक्टर सुरज श्रेष्ठले गरेका थिए । अन्य ब्यक्तिहरुको हकमा तीन सय रुपैयाँ शुल्क लाग्ने डाक्टर श्रेष्ठले बताए ।

प्रकाशित मिति : २०७७ चैत्र २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस