आहा राराको उपाधि संकटालाई

पोखरा । आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि संकटा क्लबले जितेको छ । शनिबार भएको फाइनल खेलमा टाइब्रेकरमा अफ्रिकन रूट्स एसोसिएसनलाई ४–२ गोल अन्तरले पराजित गर्दै संकटाले पहिलो पटक उपाधि उचालेको हो । संकटाका लागि अमित तामाङ, सुवास गुरूङ, नीरज बस्नेत र आयुष घलानले गोल गरे । अफ्रिकन रूट्सका के यानिक र रिमले मात्रै गोल गरे ।

निर्धारित समयमा १–१ को बराबरीपछि अतिरिक्त ३० मिनेट समय थपिएपनि दुवैतर्फबाट कुनै गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । पहिलो हाफको १० औं मिनटमा अफ्रिकन रूट्सका बास्सेकले गरेर टिमलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ५०औं मिनटमा संकटाका लागि विदेशी खेलाडी ग्लोरीले गोल गर्दै खेल बराबरीमा फर्काएका थिए ।

प्रकाशित मिति : २०७७ चैत्र २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस