२४ घण्टामा २८८ जना कोरोना संक्रमण थपिय

काठमाडौं । पछिल्लो २४ घण्टामा दुई सय ८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार चार हजार ७१ जनाको पीसीआर परीक्षण गर्दा दुई सय ८८ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ ।
आज थपिएकासहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको संख्या दुई लाख ७९ हजार तीन सय ८८ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा एक सय २७ जना निको भएसँगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या दुई लाख ७३ हजार सात सय ३५ पुगेको छ । अहिले नेपालमा २६ सय १५ जना सक्रिय सङ्क्रमित छन् ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको ज्यान गएको छैन । नेपालमा कोरोनाबाट अहिलेसम्म तीन हजार ३८ जनाको ज्यान गएको छ ।
प्रकाशित मिति : २०७७ चैत्र २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस