बिनानिष्कर्ष तीन दलीय बैठक सकियो


काठमाडौं । देउवा निवास बुढानिलकण्ठमा बसेको तीन दलीय बैठक बिनानिष्कर्ष सकिएको छ । करिब आधा घण्टा बसेको बैठकमा नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेताहरु सहभागी थिए ।

बैठकपछि पत्रकारसँग प्रतिक्रिया दिँदै माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले आजको बैठकमा जसपाले आफ्नो पार्टीभित्र छलफल गर्न समय मागेकाले बैठक चाँडै सकिएको प्रतिक्रिया दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन छिट्टै फिर्ता लिइने श्रेष्ठले बताए । ‘जसपाका नेताहरूले केही समय चाहिन्छ भन्नुभएको छ,’ उनले भने, ‘पार्टीमा छलफल गरेको छैन उनीले भन्ने । जसपाको बैठक गरी निर्णय गर्न समय माग गरेका छन् । अर्को बैठक बस्ने गरी सहमतिपूर्वक बैठक टुंगिएको छ ।’

श्रेष्ठका अनुसार अब छिट्टै अर्को बैठक बस्नेछ ।

प्रकाशित मिति : २०७७ चैत्र २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस