देउवाले बोलाए तीन दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन दलको बैठक बोलाएका छन् । सभापति देउवाले शुक्रबार ३ बजे कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) को बैठक बोलाएका हुन्। पछिल्लो समय माओवादी र कांग्रेसले जतिसक्दो प्रधानमन्त्री केपी शर्मा ओलीको बहिर्गमन चाहिरहेका छन् भने जसपा सरकारसँग पटक पटक वार्ता गरी अझै अनिर्णयमा छन्।
देउवा निवास बुढानिलकण्ठमा शुक्रबार अपरान्ह ३ बजे बस्ने गरी बैठक बोलाइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । एमालेबाहेक अरू दललाई बैठकमा बोलाइएको छ। नेकपा माओवादी केन्द्र, कांग्रेस र जसपालाई बैठकमा बोलाइएको हो ।
माओवादी केन्द्रले पनि जतिसक्दो चाँडो ओलीको विकल्प खोज्नुपर्ने बताएको छ। बैठकमा नयाँ सरकार गठनबारे छलफल हुने कांग्रेसका एक नेताले बताए ।
प्रकाशित मिति : २०७७ चैत्र २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस