एमाले गएका ४ सांसद माओवादीद्वारा साधारण सदस्यसमेत नरहने गरी बर्खास्त
काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीबाट नेकपा एमाले गएका चार नेतालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्काशन गरेको छ। पार्टी छाडेर केपी शर्मा ओली सरकारमा गएका मन्त्रीहरू लेखराज भट्ट, प्रभु शाह, टोपबहादुर रायमाझी, गौरीशंकर चौधरीलाई पार्टीबाट निकालिएको जनाएको हो। उनीहरूले दल त्याग गरेको सूचना संसद सचिवालयलाई दिएका थिए।
आज विज्ञप्ति निकालेर तोकिएको समयभित्र उनीहरूले स्पष्टीकरण नदिएको र सहरी विकासमन्त्री प्रभु साहले भने चित्तबुझ्दो जवाफ नदिएकाले यसउपर कारबाही सिफारिस भएकाले उनीहरूलाई दलको विधान र राजनीतिक दलसम्बन्धी ऐनअनुसार कारबाही गरिएको माओवादी केन्द्रले जनाएको छ।
साथै गृहमन्त्री रहेका रामबहादुर थापा बादललाई पनि मंगलबार नै कारबाही गरेको पत्र संसद सचिवालयमा पठाइने माओवादी केन्द्रले जनाएको छ। थाहा खबरबाट
प्रकाशित मिति : २०७७ चैत्र २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस