२०८० असोज ५ गते शुक्रवार

पाल्पामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

बुटवल । पाल्पामा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । तानसेन नगरपालिका काजिपौवामा भएको जीप दुर्घटनामा चालक बगनाँसकाली गाउँपालिका–४ का २० वर्षका विजय खाम्चा मगर र रिब्दीकोट– ४ का २७ वर्षका राज थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

काजिपौवाबाट कुखुरा राखेर तानसेन जाँदै गरेको २ च ६३२ नम्बरको जीप गएराति दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७ चैत्र २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस