प्रदेशस्तरीय रेफ्रि उत्पादन तालीम
घोराही । लुम्बिनी प्रदेशमा फुटबल खेलका रेफ्रि उत्पादन गर्ने उद्देश्यले एन्फा रेफ्रि तालीम दाङको घोराहीमा सुरु भएको छ । दाङ जिल्ला फुटबल संघको आयोजना, अखिल नेपाल फुटबल संघ र नेपाल फुटबल रेफ्रि संघको प्राविधिक सहयोगमा लुम्विनी प्रदेश स्तरीय फुटबल खेलका रेफ्रि उत्पादन तालीम भैरहेको हो । लुम्बिनी प्रदेशका जिल्लावाट ४० जना प्रशिक्षार्थीहरुले तालीम लिईरहेका छन् भने त्यसमा ५ जना महिलासमेत छन् । चैत २३ देखि सञ्चालन भएको सात दिने तालीममा सहभागीहरुलाई नेपाल फुटबल रेफ्रि संघका केन्द्रिय अध्यक्ष तथा फिफा रेफ्रि बुद्धि गुरुङ, पुर्व फिफा सहायक रेफ्रि शैलेश जोशी, फिफा रेफ्रि लव खत्री र प्रोग्राम कोर्डिनेटर तथा फिफा सहायक रेफ्रि रोजेन खत्री रहेका छन् । सात दिने तालीमका क्रममा उनीहरुलाई खेलमा रेफ्रिले हेर्नुपर्ने सम्पुर्ण प्राविधिक पक्षहरुको जानकारी दिईने छ ।
तालिममा उनीहरुको फिजीकल टेष्ट पश्चात एन्फा लोगो प्रदानगरी रेफ्रिको जिम्वेवारी दिईने नेपाल फुटबल रेफ्रि संघका केन्द्रिय अध्यक्ष बुद्धि गुरुङले जानकारी दिए । दाङ जिल्लाको फुटबल संघले गतबर्ष देखि नै तालीमको माग गरेको भएपनि कोरोनाका कारण ढिलागरी तालीम सञ्चालन गरेको उनको भनाई छ । ‘दाङ जिल्ला फुटवल संघको क्रियाशिलताका कारण एन्फा रेफ्रि तालीमको आयोजना गरिएको हो’ गुरुङले भने । उद्घाटन कार्यक्रममा घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले प्रदेशस्तरीय तालीम घोराहीमा हुनुले आफुलाई खुशी बनाएको बताए । घोराही उपमहानगरपालिका फुटबलखेलको विकाशका लागि सधै सहयोगी रहेकोले तालीमबाट योग्य रेफ्रि भएर निस्कन आग्रह गरे । ‘फुटबल खेलमा रेफ्रि न्यायाधिस रहेकोले निष्पक्ष खेल खेलाउन सक्ने भएर निष्कनुस सहयोगकोलागी हामी तयार छौ’ चौधरीले भने ।
दाङ जिल्ला फुटबल संघका अध्यक्ष शुशिल श्रेष्ठको अध्यक्षतामा सुरुभएको तालीम उद्घाटन कार्यक्रमको सञ्चालन संघका महासचिव नरेन्द्र पुनले गरेका थिए ।