बिलासी राजनीतिज्ञको चपेटामा नेपाली नागरिक

देशको अकल्याण सोच्नुभन्दा पहिला म, मर्न मनपराउँछु । ‘किङहेनरी आठौंको भनाई छ ।’ नेपालको राजनीति देशको कल्याणभन्दा मनको भडाँस निकाली राज गर्ने प्रवृत्ति छ । छल, कपट, कुटिलता धुर्तता विश्वासघात र आपवित्र अभिलाशा तथा षड्यन्त्रको बलमा राजचल्दछ । नियतिको प्रकोपले देशले गल्तीको सजाय भोग्दैछ । कुकृत्यको जब्बर परिणाम हामी भोग्दैछौं । लोककल्याण, स्वतन्त्रता, देशको गौरबको रक्षाको लागि एकजुट भएर जनताले विरताको प्रदर्शन गरे । बाटोको काँडा सफा गर्न रगत बगाए ! राष्ट्रको नाममा कर्तब्यको बलीवेदीमा चढे, शोकसन्तप्तको आँशु सुकेको छैन । तर नेतृत्वमा देशजनप्रतिको बफादारीताको सपथ उलंघन छ । अमिट देशप्रेमको सपथ खायका कृतिम राजनीति खेलमा झेल मात्र छ । आर्गनिक जीवन बाच्न चाहादैनन् ।

देशको कल्याणभन्दा राज्यकोषको दोहन छ । गरिब मानिसका श्रेय लुटिरहेका छन् । आशाखको बध गरियो, गैर जिम्मेवार अभिभावक बन्दैछन, देशको वातावरण दुषित बनाए ! ढुकुटी दुरुपयोग गरे ! कसम तोड्दै पाप आत्मामा लाद्दै गए, भयंकर डरलाग्दो सुखभोगी, मनमोजी, स्वार्थमुखी ! व्यक्तिवादीता हुँदैगए ! देशमा दानबिय खराबी भरिदै छ, जनतामा करुण चित्कार छ, समस्याले ललकारेको छ । मनमा नर्कको भए जागेर आयो ! समाज नर्कको आगोमा जलिरहेको छ । भविष्यका तानाबाना चुँडिदैछन्, एक एक गाँस र एक घुटकोका लागि तड्पिनु छ ! चेलिबेटी कामुकताको शिकार बने, कामान्धा ब्वाँसाहरु घुरेरहेर्छन, खुट्टाटेकेर अड्डीने सुरक्षित ठाउँ कतै छैन । त्रासै त्रासमा जीवन मात्र गर्नु छ । जनहृदय चिन्ताले विदग्ध छ । तर नेतृत्वका छलित शाब्दिकमालाबाट जनहृदय आहत भए । दुई जिब्रे चरित्र खुराफाती रचनाले कलंकको कथा रचिदैछ । स्वार्थ पैसामा साटिन्छ । राजसीपदवीले विभूषित छन् । परन्तु भ्रष्टाचार, अत्याचार बलत्कार, समुल नष्ट गर्दैनन् । आर्थिक रुपान्तरण गर्न कसैले नेतृत्व लिन सकेन । आर्थिक मञ्चमा बन्दर डिस्को नाँच्छ । द्रब्यको फन्को राजनीतिले मारेकै छ । नडर, नत्रास, न संकोच, नलज्जा । लोक–परलोकको आत्मा आफ्नो वशमा पारेझै दम्भ छ । राष्ट्रप्रति श्रद्धा, माया नहुँदा उपद्रवी मच्चीएको छ । प्रजातान्त्रिक खेलमा भ्रष्टाचार मौलाउँदैछ । धनका आखेट (शिकारी) भ्रष्टाचारको बन्दुगले देशलाई दाग्दै छन् । जग हँसाइएको प्रभाव छैन । यहाँ लुट्छ, कतिलाई लुट्न सिक्नु छ । प्रत्येक स्थानीय तहमा पनि स्वमर्जिको शासन छ तर देश एउटै नेपाल हो । नियममा छदम भेदछ, मनपरी ज्यूको त्यू छ । मुनाफाको राजनीति कमाउ खाउको फन्दामा दमित छ, तैपनि लोभले मनको नगर खाली नै छ ।

यो सब भन्नु बेकार छ, मनको कोयलिले भाका बदल्दै बिरहका गाथा गाउनु मात्र हो, बास्तवमा सुद्धतावादी जनता स्वार्थी राजनीति खेललाई घृणा गर्दछन्, हृदयमा असन्तुष्टि लुकाई भन्नुपर्दा राज्यको हर प्रणाली विकेको छ, शौदावाजी चक्रवत शैलिको चङ्गुलमा फसेको छ, सम्पूर्ण प्रणाली अशिष्टताले राजनीति कारण छ ! नेतृत्वमा भागवण्डाको कोकोहोलो गिद्धेलुछाचुड छ । अनेक बेथितिले दुर्दशा दुर्दिन निम्त्याएको छ । जनताको विक्षिप्त हालत छ, स्वतन्त्रता भोग्न पाएनन् दमनमा बाँचेका जनता सबैले बाच्ने हैसियतको वातावरण पाउन सकेनन् ! विश्वभूमि माताको छातिमा मातृभूमि र जनताको अपमानित, प्रताडित उपहासित गरिदैछ, यो दुखद सत्य हो । दुखद कुरुप सत्यलाई सबैबाट इन्कार गरिन्छ । दुष्कर्म दुर्निर्णित र दुर्विणीतका कारण हुने विपत्तिलाई कुनपरम दिब्य आत्माले पार लगाउने ? जर्मन उखान छ । ‘चरित्र एउटा सेतो कागज हो, यसमा दाग लागेपछि मेटाउन गाह्रो हुन्छ ।’ यहाँ गरिबलाई सानो मान्ने प्रचलन छ । सानो त त्याहो जो सँग तमिज संस्कार चरित्र छैन । कुनैपनि देशको महानता धन, सम्पदाभन्दा उसदेशको मानिसका चरित्रबाट व्यक्त हुन्छ । यहि सत्यतामा नेतृत्वमण्डल कर्मचारीतन्त्र, नागरिकजगत, शिवदर्शी, समदर्शी र प्रियदर्शी जस्ता सगुणले शुसोभित हुनुपर्दछ तर जब ठुलाबडाका दिमाग–चेतनामा स्वार्थ र लोभले राजगर्छ, तब साना–साना कुरामा पनि लफडा र ठूला–ठूला घोटाला हुनेगर्दछ । स्वार्थी, लोभी व्यक्ति ख्याति र प्रशंसाभन्दा पैसाको खुसबु जीवन भर चाहन्छ ।

देश र नागरिकको मायाभन्दा पैसाको थैली प्रिय ठान्दानै, शालिनता गुमेको छ । मर्यादा नष्ट गरिब को छ । आदेशको पालना भंग भएको छ । निष्ठुरिता र उच्च अनैतिकतामा विशिष्ट रुचि छ । लोभ यस्तो दोष हो । लोभले मानिसको विवेक हर्छ । कायर बनाउँछ, जसले मानव जीवन ब्यथित गर्छ । कतिलाई कलंकित बनाउँछ । कतिलाई पाखण्डि र भ्रष्टि ! पैसाको तृष्णा रुपिलोभले कतिलाई जल्लाद पनि बनाउँछ । पैसाको अफिमी नशाले सिंहासनको मर्यादा, कर्तव्यनिष्ठालाई विर्शिदिंदा बफादारीताको नाम निरसित (लुप्त) भैसकेको छ । राजतन्त्रको कठोर सिकञ्जाबाट त हामी स्वतन्त्र भयौं तर भ्रष्टाचारी, घुसखोरी, ब्यभिचारी, दुराचारी बलात्कारी हत्याकारी अपहरणकारी फिरौति खोर तथा अनेक विधिविरुद्ध हुने नकर्मबाट स्वतन्त्रता हुनसकेनौं । गणतन्त्रमा खतारापको विकास हुँदैछ । उश्रृङ्खलता उच्चछ । सत्यता विलोम बनेको छ । देशको राजनीति मनग्य धनकमाउने, स्वार्थलुट्ने, विलाशिताको घोडामा सर्पट ठोकेको छ । निन्दित कर्म गरिसकेपछि पाश्चाताप गर्नेलाई जस्तो बुद्धि खुल्दछ, पहिले नै त्यस्तै बुद्धि भएको भए कसलाई समृद्धि हुने थिएन ? आज आएर पुरा देश भए, त्रास शोषण दमन, गरिबिमा बाँचेको छ, गरिबिले भोको ब्वाँसा झै पिछा गरेको छ ।

कामुक बलात्कारी–हत्यारा, पिग–हेडेड (Pig-headed मुर्ख) का घृणित कर्तुतका बेदनाले पूरा देश विलाप गर्दै रोएको छ । पापिष्ट जघन्य अपराध गर्नेलाई न डर छ न संकोच ! सरकार न पत्ता लगाउँन सक्छ न दण्ड दिनसक्छ । दुष्टका फन्दामा देश र मानव फसेको छ । बज्रपातमा परेकाहरु, ताता आँशुका धाराले हृदयको दुख धुदै न्यायको याचना गर्दछन् । खिन्नता व्यक्त गर्दै भन्नु पर्दा अशोभनिय कर्म हुनेहुँदा देश बुर्किनाफासो जस्तो कंगाल, भिखारी राष्ट्र बनदैछ । भएको भुतले बाँस गरेको राष्ट्र हुँदैछ । गणतन्त्र आयपनि हामी एक्लै छौं । भष्टिका बिचमा स्वाँस फेर्दैछौं । हामी भयवादको जगमा बाँचेका छौं ! चारैतिर भय नै भय छ । आम मानिसमा खुसीयालीको हाँसो र खित्का सुन्य छ । जीवन असान्त छ, अनुहारमा बिरोध छ । परन्तु राजनीति पंखले नेतालाई कल्पनाको चास्निमा उडान भर्न धेरै मजा छ । जीवनभर स्वार्थ यन्त्रवत लुट्नु छ तर जनता किस्मतको सहारा बाँच्ने प्राणि बनेको छ । अवैज्ञानिक अब्यवहारिक करप्रणालीको हथौडाले जनताको तालुमा हिर्काइयो । घरघरमा सिंहदरबार होइनकी करमा नत्थी लगाउने द्रब्यगणक दरबार खडागरीयो । गरिब जनाको करमा विलाशी जीवन हुर्कदैछ । राष्ट्रिय कोषमा कुदृष्टि हुँदा अर्थतन्त्र ओरालो लाग्दैछ । भिडको तादातमा विलाशीमा फिज्यूल खर्च छ । जनता गरिबीको भट्टीमा जल्दैछन् ।

तथांक अनुसार बिमस्टेक राष्ट्रबाट नेपालको ब्यापार घाटा २७ अर्ब ४९ अर्ब । गत फाल्गुण महिनासम्म वैदेशिक ऋण ८ खर्ब ४३ अर्ब रुपैंयाँ छ । भारत चीन लगायत १४२ राष्ट्रबाट खाद्य तथा अन्य वस्तु आयात हुन्छ । देश परनिर्भर छ । नेपाल, गरिब र भ्रष्टाचार गर्ने राष्ट्रको सूचिमा सुचिकृत छ । चौरमा लुगा सुकाएझै प्रदेश फिजाइएको छ । व्यवस्थापन गर्न अर्बौ रुपैंयाँको खाँचो छ । देशको अर्थतन्त्रको नाजुक र दुरावस्था छ तर तिनै तहका जनप्रतिनिधिलाई तलब भत्ता दिब्य विलाशिता साधन सुखसुविधा लुट्न निर्दयीताले हारालुट छ । ब्रह्मलुट छ । गरिब समाजमा झन कंगाल हुने भयक्रान्त छ । महंगी, गरिबी बेरोजगारी, असुरक्षा अमानवियता अशान्ति जघन्य अपराध हत्या, हिंसाको भिषण हृदय दग्द बिगबिगी छ । बिखण्डनकारी तत्व कुन्तलानु खेल खेल्दैछन् । भ्रष्टाचारको कालो चट्टानले समृद्धिको घाँटी बबोचदैछ । अवस्था नाजुक छ ।

यस्तो नाजुक अवस्थामा समृद्धिको कलि सुन्दरताले फुल्न र पुष्ट हुन सक्छ ? स्वसुखवादी, स्वार्थवादी, भ्रष्टाचारवादी, प्रकृतिदोहनवादीले प्रकृति र जनताका अन्तरआत्मालाई पैतला तल कुचलिदिए घृष्टता एवं निष्ठुरीताले संवैधानिक भावले सर्वजनिक घृणा आर्जित गरे । सत्यताको वृत्तबाहीर राजनीति पुग्दा अनुशासन, देशप्रेम, बफादारीता, शालिनता र मानवता बिलिन हुँदैछ । भनिन्छ दम्मी, छलि, भ्रष्टि स्वार्थीले कुनै काममा दोष देख्दैन । शमदर्शीहरु सर्वत्र भगवान देख्छन र शुमाशुम कर्म गर्छन । नेपालको राजनीति, राजनीतिज्ञलाई यश आराम लुट्ने साधन बनेको छ । जनताको लागि भने यातनामय घरमा बसेको महशुस झै छ । तन्त्र परिवर्तित भए । शासकमा निष्ठुरता उस्तै । सबै आफ्नो स्वार्थ साध्न चाहन्छन । हाम्रो सामानय सोचाईले जससंग दया छैन हामी दमाशी सम्झन्छौं । स्वार्थवादीलाई सुधारवादी ठान्छौं । स्निग्धभावले भन्नुपर्दा परिवर्तनको साथै व्यक्ति गुणत्मक रुपले अलिकति पनि बदलिएको छैन । युगको नविनतामा हाम्रो चाहना छ कि परिवर्तनको साथै हाम्रो पनि परावर्तन मानव जीवन ‘रत्न’ भन्दापनि बहुमूल्य रत्न हो । मावन भएर मानव जीवनको मूल्य महशुस गर्नु पर्छ । जातिप्रेम, धर्मप्रेम, मानवप्रेम, प्रकृतिप्रेम, देशप्रेम हरमनुष्यमा हुनुपर्छ । मानव जीवनको अभिप्राय यहिनै हो । गणन्त्र आयो प्रशन्नताको मौका भएपनि देशमा असुविधा असुरक्षा अनिष्टले छाएको छ । नेपाल जर्जर बन्दैछ । देश भत्काएर घरबनाउँदैछन । राजनीतिज्ञमा स्वार्थको उत्सव छ ।

सत्तासिन मानिसमात्र स्वयम् घोषणा गरी दिब्य सुखसुविधा लिन्छन । नेता र जनता बिच मालिक र दासको जस्तो व्यवहार छ । गणतन्त्रको नाममा भिडन्त समृद्धिको नाममा करनोचने नौटंकी ! भ्रष्टाचार विकेन्द्रिकरण हुँदैगयो । भागवण्डाको प्रेमको प्रतिफल सातभाई प्रदेशले जन्म लिए । शिशु संघियताको प्राण जोगाउन शासकलाई हत्तुहैरान छ । संघियताको ढुकढुकी जान नदिन जनतालाई करको मोटो दाम्लोले बाँधिएको छ । हामी जनता एटिएम बनाई एका छौं । हामी शासनको बागडोर सम्हाल्छौं भनि राजाको सिंहासन च्यूत गरेका नेता स्वयम बोझीला महंगा प्रचुर खर्चिया बनेका छन् । राजतन्त्र र गणतन्त्रको तुलनात्मक चरित्रको भोगाईमा विश्लेषक, केही समालोचक र जनमन व्रmन्दको तर्कणाले यो आभाष हुन्छ कि राजाको सिंहासन र पद च्यूत गरी स्वयम् महाराजा बन्ने चरित्र झल्कीए ।

नेतृत्वमा प्रियदर्शीता स्नेहशिलता उदारता फिटिक्कै देखिएन । खर्च प्रणालिमा व्यवस्थापन र मितव्ययीता पनि छैन । वित्तिय कानून उग्रताले उलंघन छ । लोभानी र पापानी ब्याप्त छ । नेता भएर एक नेताले गर्नलायक काम गर्नुपर्छ । यहाँ सत्ता र बैभवको कुरा छैन । कुरा छ गरिबिलाई जीन्दगी कसरी चलाउने । राजनिति देश र जनताको लागि हो । जनताको आत्मालाई टेकेर राज गर्ने होइन । सवाल यो छ कि जीवन सिर्फ राजनीति र विलाशी मात्र होइन । सवाल हो देश बनाउने । ‘विलाशी राजनीतिज्ञको चपेटामा नेपाली नागरिक’ पर्दा दुखदेख्ने आँखा र दुख सुन्ने कानको अभाव छ । तार्किक ढंगले हेर्दा यहाँ सबै दुख दायि छ । हे इश्वर अलौकिक शक्ति भएका नेतृत्वले नेपालमा जन्म लेउन । जसले देश र मानिसका भाग्य र भविष्य निर्माण गरुन । प्रारर्थना छ, देश–जनलाई भगवानले रक्षा गरुन् ।

प्रकाशित मिति : २०७७ चैत्र २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस