वायु प्रदुषण बढ्यो, घरबाहिर ननिस्कन सुझाव
दाङ । दाङसहित देशभरी वायु प्रदूषण बढेको छ । आइतवारदेखि दाङमा पनि वायु प्रदूषणले प्रभाव पारेको छ । चुरेमा दिनानुदिन आगलागी भइरहेकाले पनि प्रदुषण बढेको स्थानीयहरूको भनाई छ । विशेष गरी घोराही, तुलसीपुर, लमही, प्रदुषणले यात्रा गर्दा आँखा पिरो हुने गरेको यात्रुहरूले बताउँछन । जसका कारण स्वासप्रश्वासमा कठिनाईलगायत विविध स्वास्थ्य समस्या देखा पर्न सक्ने जनस्वास्थ्य विज्ञले बताएका छन् ।
वायु प्रदूषणका कारण आँखा रातो हुने, घाँटीमा समस्या आउने र टाउको दुख्ने जस्ता समस्या आउने गर्दछन् । नेपालमा बर्सेनी वायु प्रदूषणका कारण उत्पन्न हुने रोगका कारणल ३० देखि ३५ हजार मानिसको ज्यान जाने गरेको छ । विश्वमा ७० लाख मानिसको ज्यान जाने गरेको छ ।
यस्तो समयमा बालबालिका, गर्भवती महिला, दीर्घरोगी, ज्येष्ठ नागरिकको विशेष ख्याल गर्नुपर्दछ । वायु प्रदूषणका कारणले घरबाहिरको खुला ठाउँमा नबस्न, नखेल्न र मर्निङ वाकमा घरबाहिर जाने गरेको भए पनि नजान समेत विज्ञहरूले अनुरोध गरेका छन्र । प्रदूषणका कारण सरकारले यही चैत १७ गतेदेखि २० गतेसम्म विद्यालय बन्द गरेको थियो ।