आहा ! रारा गोल्डकप ः आयोजकलाई हराउँदै एपिएफ सेमिफाइनलमा

पोखरा । विभागीय टिम एपीएफ क्लब आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आहा ! रारा गोल्डकपको १९ औं संस्करण शनिबार पोखरा रंगशालामा भएको उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरालाई १–० गोल अन्तरले पराजित गर्दै एपीएफले विजयी सुरुवात गरेको हो ।
एपिएफलाई जित दिलाउन आशिष लामाले निर्णायक गोल गरे । उनले खेलको ८७ औं मिनेटमा निर्णायक गोल गरेका हुन् ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएका थियो। आहा रारा गोल्डकपमा भोलि आइतबार मछिन्द्र क्लब र अफ्रिकन रुट एसोसियसनबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा स्वदेशी तथा बिदेशी गरी कुल ८ टिमको सहभागिता रहेको छ ।

त्यसैगरी प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ । यस्तै उपविजेताले टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै, प्रतियोगितामा उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई समान २५–२५ हजार प्रदान गरिने छ । प्रतियोगितामा आगामी २८ गतेसम्म संचालन हुने छ ।

प्रकाशित मिति : २०७७ चैत्र २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस