अब छिटै नयाँ सरकार बन्दैछ : प्रचण्ड

कपिलस्तु । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसको निर्णयसँगै अब छिटै नयाँ सरकार बन्ने दाबी गरेका छन् । कपिलवस्तुमा भएको कार्यक्रममा प्रचण्डले नेपाली कांग्रेसले निर्णय गर्न ढिलाई गर्दा प्रधानमन्त्री ओली विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न र समर्थन फिर्ता लिन समस्या भए पनि हिजो कांग्रेसले ओलीको राजीनामा माग्ने निर्णय गरेसँगै छिटै नयाँ सरकार बन्ने पक्का भएको बताए ।

उनले आफूले नयाँ सरकारको लागि आजैदेखि बैठक र छलफल थालिहाल्ने पनि बताए । हिजो र आजको राजनीतिले कोल्टे फेर्दा नयाँ सरकारको बाटो खुलेको प्रचण्डको भनाइ छ । त्यसैगरी मधेशबादीदलहरुलाई फर्कने पुष्पकमाल दाहाल प्रचण्डले आग्रह गरेका छन् ।

नयाँ सरकारमा माओबादीको अध्यक्ष प्रचण्ड गठनमा तुरुन्तै पहल गरनुपर्छ पार्टीका केही नेताले बताए ।

प्रकाशित मिति : २०७७ चैत्र २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस