बस दुर्घटना अपडेट : २ जनाको मृत्यु, ३० जना घाइते

लमही । घोराही–लमही सडक खण्डको मसोट पुल नजिकै यात्रु बहाक बस दुर्घटनामा परेको छ । घोराहीबाट लमहीतिर जादै गरेको लु १ ख ९८६३ नम्वरको यात्रु बस साँझ करिब साढे ५ बजेतिर घोराही–लमही सडक खण्डको मसोटको ओरालोमा दुर्घटनामा पर्दा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा लमही नगरपालिका ९ निवासी २९ बर्षीय अतिराम चौधरी र रुपेन्देहीको सैनामैना नगरपालिकाका १ निवासी २८ बर्षीय यादव खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एंव डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए । दुर्घटनामा परी ३० जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
त्यस्तै दुर्घटनामा लमही नगरपालिका वडा नम्बर ६ खैरी निवासी ६३ वर्षिय यमराज नेपाली, सोही ठाउँ निवासी ३९ वर्षिय निर्मला नेपाली, सोही ठाउँ निवासी ३२ वर्षिय सुनिता नेपाली, सोहि ठाउँ निवासी ६१ वर्षिय जंगबहादुर घर्ती, लमही ७ ३८ वर्षिय चन्द्रकलि चौधरी, लमह २ सोनपुर निवासी ५५ वर्षिय फुजुवा चौधरी, छोरी १६ वर्षिय ववि चौधरी, राप्ती गापा १ निवासी २८ वर्षिय दिलकुमारी चौधरी, लमही ९ निवासी ३२ वर्षिय कमल चौधरी लमही नगरपालिका वडा नम्बर ५ कोलही निवासी १८ वर्षिय अनुजा चौधरी, लमही वडा नम्बर १ नर्ती निवासी ७० वर्षिय लिलावति चौधरी, रोल्पा परिवर्तन गाउँपालिका वडा नम्बर १ निवासी खुरेली निवासी ५१ वर्षिय तेजप्रसाद घर्ती, सोही ठाउँ निवासी ५४ वर्षिय लालमाया घर्ती, राजपुर गाउँपालिका वडा नम्बर १ गुरूङ्खोला निवासी २७ वर्षिय सावित्री वलि, सोही ठाउँ निवासी २ वर्षिय रोश्नी वलि, राजपुर गाउँपालिका वडा नम्बर ४ दुलहिया निवासी ४० वर्षिय फुलमाया घर्ती, घोराही उपमहानगरपालिका वडा नम्बर १५ निवासी १८ वर्षिय अञ्जना चौधरी, लमही नगरपालिका वडा नम्बर २ सोनपुर निवासी ५४ वर्षिय सीता चौधरी, घोराही उपमहानगरपालिका वडा नम्बर १५ निवासी २० वर्षिय आरती कुवर, सोहि ठाउँ निवासी २० वर्षिय सितल कुवर, मोरङ निवासी घोराही व्यारेगमा कार्यरत नेपाली सेना ३६ वर्षिय खड्कबहादुर श्रेष्ठ, घोरही २ रामपुर निवासी ३२ वर्षिय सुशीला पोख्रेल, सोही निवासी १२ वर्षिय सिम्बोल सुवेदी, घोराही ७ निवासी ४५ वर्षिय श्याम कुमारी चौधरी, लमही १ निवासी ४६ वर्षिय बेलपति तौधरी, लमही ६ निवासी २७ वर्षिय दिलु चौधरी, लमही १ निवासी ४० वर्षिय आशा चौधरी, लमही २ निवासी ३० वर्षिय श्यामकुमारी चौधरी घाइते भएका छन् ।