दुर्घटना अपडेट ः बस दुर्घटना हुँदा २ जनाको मृत्यु, २७ घाइते तीन गम्भीर

दाङ । दाङमा बस दुर्घटनामा परि २ जनाको ज्यान गएको छ । घोराहिबाट लमहि जादै गरेको लु १ ख ९८६३ नम्बरको यात्रु बस लमही घोराही सडक खण्डको मुसोट नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परि २ जनाको घटनास्थलमै ज्यान गएको छ भने २७ यात्रु मध्ये तीन जना गम्भीर घाइते रहेको जिल्ला प्रहरीले जनाएको छ ।

अपरान्ह करिब साढे पाँच बजे तिर दुर्घटना भएको हो । मृत्यु भएकाहरूको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले जानकारी दिए । घाइतेहरुलाई लमही अस्पतालमा उपचार भैरहेको छ ।

प्रकाशित मिति : २०७७ चैत्र २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस