दुर्घटना अपडेट ः बस दुर्घटना हुँदा २ जनाको मृत्यु

दाङ । दाङमा बस दुर्घटनामा परि २ जनाको ज्यान गएको छ । घोराहिबाट लमहि जादै गरेको लु १ ख ९८६३ नम्बरको यात्रु बस लमही घोराही सडक खण्डको मुसोट नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परि २ जनाको घटनास्थलमै ज्यान गएको छ भने दर्जन यात्रु घाइते भएकोे जिल्ला प्रहरीले जनाएको छ ।

ज्यान जानेहरुको नाम ठेगाना खुल्न सकेको छैन । अपरान्ह करिब साढे पाँच बजे तिर दुर्घटना भएको हो । अहिले घटनास्थलमा प्रहरी पुगेको छ । घाइतेहरुलाई लमही अस्पतालमा ल्याउने क्रम भैरहेको छ । घटनाको थप बिवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २०७७ चैत्र २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस