दाङमा यात्रुबहाक बस दुर्घटना


दाङ । दाङको घोराहीदेखि लमही तर्फ जादै गरेको लु १ ख ९८६३ नम्बरको यात्रु बस घोराही लमही सडक खण्डको मुसोट नजिकै दुर्घटना हुँदा दर्जन बढी यात्रु घाइते भएका छन् । शुक्रबार अपरान्ह पाँच बजे तिर दुर्घटना भएको हो । दुर्घटना भएको घटनास्थलमा प्रहरी पुगेको छ ।

घाइतेहरुलाई लमही अस्पतालमा ल्याउने क्रम भैरहेको छ । घटनामा मानविय क्षति भएको हुन सक्ने घाइतेहरुले बताएका छन् । घटनाको थप बिवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २०७७ चैत्र २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस