नेपालमा थप १ सय ५२ जनामा कोरोना पुष्टि, एकको मृत्यु

दाङ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार २ सय १३ जनामा पीसीआर परीक्षण गरिएकोमा १ सय ५२ जनाको पोजेटिभ आएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७७ हजार ४ सय ६१ पुगेको छ ।
यस्तै ६५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

हालसम्म २ लाख ७२ हजार ८ सय ५१ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । नेपालमा कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ३ हजार ३१ पुगेको छ । हाल क्वारेन्टिनमा ६३ जना छन् भने आइसोलेसनमा १ हजार ५ सय ७९ जना रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७७ चैत्र १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस