बालाजु बाइपासका स्थानीय पुनः आन्दोलित

 बालाजु बाइपासका स्थानीय पुनः आन्दोलित भएका छन् । सडक विस्तारका क्रममा हटाइएका घर पुनःस्थापनाको माग गर्दै स्थानीयले पुनः आन्दोलन थालेका हुन् । 

गैरन्यायिक सडक विस्तार पीडित संघर्ष समिति बालाजुका संयोजक महेश्वर मानन्धरले राज्यले गैरन्यायीक तवरले सडक पिच गरेकाले त्यसविरुद्धमा पुनः आन्दोलित भएको बताए । उनले स्थानीयबासीलाई उठिबास लगाएर सडक पिच गरेकाले पुनःस्थापना गर्न माग गर्दै पुनः आन्दोलित भएको बताए । ‘‘राज्यले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेका बेलामा जबरजस्ती भुमि अतिक्रमण गरेको छ । ३९ परिवारलाई जसरी भए पनि राज्यले पुनःस्थापना गर्नै पर्छ,” उनले भने ।

स्थानीयले राज्यले पुनःस्थापना नगरेसम्म आन्दोलन जारी राख्ने बताएका छन् । आजदेखि पुनः ‘हाम्रो घर फिर्ता गर’, ‘हाम्रो आन्दोलन जारी छ’ भन्दै आन्दोलित भएको स्थानीयको भनाइ छ । 

प्रकाशित मिति : २०७७ चैत्र ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस