एमाले संसदीय दलको बैठक सुरु, वामदेव गौतम पनि सहभागी

एमाले संसदीय दलको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बैठक सुरु भएको हो ।

बैठकमा वामदेव गौतम पनि सहभागी भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा गौतम सहभागी भएका हुन् । गौतम संसदीय दलको बैठकमा सहभागी भएको ओली निकट एमाले सांसद विशाल भट्टराईले जानकारी दिए ।

गौतम यसअघि ओली तथा नेपाल–खनालका कुनै पनि बैठक तथा भेलामा सहभागी भएका थिएनन् ।

ओलीले बोलाएको संसदीय दलको बैठकमा नेपाल–खनाल पक्ष सभागी नहुने यसअघि नै निर्णय गरिसकेको छ ।

प्रकाशित मिति : २०७७ चैत्र ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस