तुलसीपुर खानेपानीमा आर्थिक हिनामिना भएको भन्दै अख्तियारको पत्र
दाङ । दाङको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा आर्थिक हिनामिना गरेको भन्दै अख्तियारले पत्र पठाएको छ । अख्तियारको बुटवलस्थित कार्यालयले हालको कार्य समितिले आर्थिक हिनामिना, अनियमितता गरेको उजुरी परेको जनाएको छ ।
अख्तियारमा उजुरी परेपछि संघीय खानेपानी तथा ढल व्यबस्थापन आयोजनामा अख्तियारले पत्र पठाएपछि आयोजनाले पुनः तुलसीपुर खानेपानीलाई पत्र पठाएको हो ।
आयोजनाले खानेपानीलाई प्रतिक्रियासहित आर्थिक विवरण खुल्ने कागजात तथा विगत पाँच बर्षदेखि हालसम्मको लेखा परीक्षणका प्रतिलिपि ७ दिनभित्र कार्यालयमा उपलब्ध गराउन निर्देशन गरेको छ ।

प्रकाशित मिति : २०७८ साउन २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

