दाङमा करेन्ट लागेर एक जनाको मृत्य

दाङ । दाङको तुलसीपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका ४ शिवशक्तिटोल निवासी ३३ वर्षीय मंगलसिह रावतको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

आफ्नै घरको पानी तान्ने मोटरले काम नगरेपछि ‘चेक’ गर्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको हो । उनको शवलाई राप्ती लाईफ केयर अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : २०७८ असार ३१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस