सिसि क्यामेरा जडान
रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट बजारमा सिसि क्यामेरा जडान गरिएको छ । सदरमुकाम खलंगा बजारको अति व्यस्त र भीडभाड हुने क्षेत्रमा सिसि क्यामेरा जडान गरिएको हो ।
बजारक्षत्रेमा बढ्न सक्ने चोरी, महिला हिंसा र अपराधिक घटनाको निगरानी गर्ने उद्देश्यले सिसि क्यामेरा जडान गरिएको मुसिकोट नगरपालिकाले बताएको छ । प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारीका अनुसार सुरक्षा चुनौती देखिएका मुख्यक्षेत्र पातुखोला, बागबजार, बराहटाकुरालगायत १२ स्थानमा सिसि क्यामेरा जडान गरिएको छ ।
मुसिकोट नगरपालिकाको १५ लाख लागतमा पहिलोपटक खलंगा बजारको सार्वजनिक क्षेत्रमा सिसि क्यामेरा जडान गरिएसंगै स्थानीयबासीमा खुशियाली छाएको छ । यसअघि मुसिकोटमा सिसि क्यामेरा जडान नहुँदा बजारक्षेत्रको फोहोरमैला व्यवस्थापनमा समेत समस्या हुँदै आएको थियो ।
अबभने सिसि क्यामराको निगरानीले बजार क्षेत्रमा घट्ने सबैखाले अपराधिक क्रियाकलापको न्यूनिकरण र अनुसन्धानमा सहज हुने नगरपालिकाको भनाई छ ।


