पहिरोले दुई घर पुरिँदा एक महिला बेपत्ता

पाल्पा ।  पाल्पाको रिब्दीकोट गाउँपालिका–६ धुस्तुङ गोलफानमा पहिरोले दुईवटा घर पुरिँदा एक महिला बेपत्ता भएकी छन् ।

अविरल वर्षाका कारण माथिबाट आएको पहिरोले स्थानीयका ढुङ्गा–माटोले बनेका जस्तापाताले छाएका तीनतले कच्ची घर पुरेको हो । पहिरोमा केसुराम सारु मगरकी ५९ वर्षीया श्रीमती कृष्णकुमारी सारु घरभित्रै पुरिएर बेपत्ता भएकी हुन् ।

उनका परिवारका अन्य सदस्य भने सकुशल रहेका छन् । घरभन्दा करिब २ सय मिटर माथि रहेको मोटरबाटोबाट पहिरो र लेदो निरन्तर बगिरहेका कारण तत्काल खोज तथा उद्धारमा कठिनाइ भइरहेको छ । बेपत्ता कृष्णकुमारीको खोज तथा उद्धारका लागि आवश्यक पहल भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : २०८३ असोज ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस