नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी दोषी ठहर

काठमाडौं । जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डे सहित २३ जनालाई विभिन्न कसुरमा दोषी ठहर गर्दै फैसला सुनाएको छ।

न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार उक्त मुद्दामा उनीहरूलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि पेस गर्न आदेश गरिएको जिल्ला अदालतले जनाएको छ।

२०८० जेठ १० गते पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डे सहित ३० जनाविरूद्ध ठगी, लिखत किर्ते, राज्यविरूद्धको अपराध र संगठित अपराधसम्बन्धी कसुर लगाउँदै सरकारी वकिलले मुद्दा दायर गरेको थियो।

यीमध्ये ७ जनालाई सफाइ दिइएको छ। सफाइ पाउनेमा रामशरण केसी, टंककुमार गुरूङ, सञ्जीव रायमाझी, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकी छन्।

फैसलाको पूर्ण विवरण आउन बाँकी छ । नक्कली भुटानी शरणार्थी बनाएर नेपालीहरुलाई अमेरिका पठाउने गिरोहको पर्दाफास भएको थियो । यसमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले २०८० सालमा ३० जनामाथि मुद्दा हालेको छ ।

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँड, पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायत हाइप्रोफाइल प्रतिवादी छन् । अदालतले मुद्दाको फैसला गरे पनि सजाय निर्धारण आज नहुने भएको छ । न्यायधिष तेजबहादुर खड्काको इजलासले सजाय निर्धारणका लागि पेश गर्ने आदेश गरेको हो ।

प्रकाशित मिति : २०८३ असार २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस