थारू पत्रकार सङ्घ दाङको अध्यक्षमा चौधरी निर्वाचित

दाङ । थारू पत्रकार सङ्घ दाङको छैटौँ साधारणसभा बिहीबार घोराहीमा सम्पन्न भएको छ । सभाले पत्रकार निता चौधरीको नेतृत्वमा नयाँ पदाधिकारी चयन गरेको छ ।

जसमा सङ्घको वरिष्ठ उपाध्यक्षमा जयन्ती चौधरी, उपाध्यक्षमा शिवहरि चौधरी, सचिवमा श्री चौधरी, सहसचिवमा सुरक्षा चौधरी र कोषाध्यक्षमा केवि चौधरी सर्वसम्मत चयन भएका हुन । 

यस्तै सङ्घको सदस्यहरूमा निशा चौधरी, विष्णु कुसुम लगायत चयन भएका छन् । सङ्घको सदस्यमा एक जना भने पछि थप गरिने आयोजकले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८३ बैशाख २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस