१० क्युन्टलभन्दा बढि माछा मरे
दाङ । तुलसीपुर उपमहानगरपालिका –१२ कचिलाका सुदीप चौधरीले करिब २ वर्षदेखि गाउँ मै १० कठ्ठा क्षेत्रफलमा रहेको माछा पोखरी भाडा लिएर साथीसँग मिलेर माछा पालन गर्न थाले । पहिलो वर्ष माछाबाट राम्रो आम्दानी भएपछि उनीहरूले फेरि पोखरीमा विभिन्न जातका ३० हजार माछामा भुरा हाले । पछि साथीले नगर्ने भनेपछि उनी एक्लै माछा पालनमा लागे र माछा हुर्काउँदै आएका थिए । पोखरीमा माछा पनि एक किलो भन्दा बढि भइसकेका थिए, भने बिक्री हुन थालेका थिए । तर, उनले यस पटक माछाको मूल्य प्रतिकिलो ४ सय हुँदा राम्रै आम्दानी हुन्छ, भन्ने सोचाइमा थिए ।
तर, उनको त्यो सोचाइ गत बुधबारदेखि अकस्मात् आएको बेमौसमी वर्षाका कारण गतल सावित गरिदियो । त्यो दिन आकाशमा कालो बादल बढ्दै जादा पोखरीमा रहेका माछाहरू एक एक छटपटाउँदै मर्न थाले । त्यो दृश्यदेखि पछि उनी आत्तिन थाले, र माछा सम्बन्धी जानकारी भएका ब्यक्तिलाई खबर गरे । उनीले सामान्य रुपमा माछा पालन गर्दै आइरहेको हुँदा प्राविधिक ज्ञान थिए, पछि झन पछि झन माछा मर्दै जादा ३ दिन भित्र उनको पोखरी नै पुरै रित्तियो । यसरी १० क्युन्टल भन्दा बढि माछा ३ दिनमा मरेको उनले बताए । उनले भने,‘ साथीसँग मिलेर यो व्यवसाय गर्दै आएका थिए ।
साथीले छाडेपछि मैले एक्लै गर्दै आएको थिए । यस सम्बन्धी कुनै ज्ञान थिएन, पहिला राम्रो भएपछि यस पटक ३० हजार राहु, कमन, सिल्भर र ग्रास जातका सबै माछा मरे । ’ यसरी माछा मर्नुको कारण वर्षाका कारण पोखरीमा अक्सिजन कमी हुनु र धेरै माछाहरू हुँदा भएको समेत उनले बचाए । उनले भने,‘ बेमौसमी वर्षा भयो । त्यसपछि घाम–छायाँका कारण पोखरीमा अक्सिजनको कमी हुँदा माछा मरेका रहेछन् । ’ उनका अनुसार पोखरीमा रहेका माछा प्रति किलो ४ सय रुपैयाँका दरले बिक्री हुने तयारीमा थिए । माछा मरेपछि करिब ४ लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ ।
यस्तै माछाका भुरा खरिदमा ५० हजार, माछालाई दाना खुवाउन ६ लाख रुपैयाँ बढी खर्च भएको समेत उनले बताए । यस्तै पोखरीमा वार्षिक ७५ हजार रुपैयाँ भाडा रहेको समेत उनको भनाइ छ । अब पोखरीमा बैखा जातका ३ हजार जति माछा रहेको भन्दै उनले यसबाट पोखरी भाडा तिर्ने कि रु यो घाट उठाउने केही सोच्न नसकेको समेत बताए । कक्षा १२ मा पढ्दै गर्दा यो व्यवसाय तिर लागेको थिए, तर, यस्तो होला भन्ने सोचेको पनि थिए । उनका अनुसार मरेका सबै माछा खाडल खनेर गरिएको छ । यस्तै उनले यो विपद्बाट आफूलाई धेरै नोक्सानी भएको भन्दै स्थानीय सरकारलाई सहयोग गर्न समेत आग्रह गरे । उनले भने,‘ १२ पास गर्ने बित्तिकै साथीहरू विदेश जाने तयारी गरेका थिए, म भने आफ्नै ठाउँमा केही गरौँ, भनेर लागे, तर, म आज निकै पीडामा रहेको छु । अब त्यो घाटा कसरी पुर्ति गर्ने रु मलाई सरकारले हेरेपछि ठुलो राहत हुन्थ्यो ।’

पढ्दै कमाउँदै भन्ने उद्देश्यका साथ माछा पालन गर्दै आएका सुदापले पालेका माछा मरेपछि ठूलो आर्थिक नोक्सानी भएको तुलसीपुर –१२ का वडा अध्यक्ष खुशीराम चौधरीले बताए । सुदीप जस्तो युवाले आफ्नो ठाउँमा केही गरौँ, भन्दा पनि आज विपद्का कारण यति ठुलो नोक्सानी भएको भन्दै अब यस्तो युवाहरूलाई जुन पेशामा लागेका छन्, त्यो अनुसारको ज्ञान र सीप दिन आवश्यक रहेको समेत उनले बताए । युवाहरू मिलेर माछा पालन गरेको देख्दा खुशी लागेको थियो , तर यसरी पोखरी नै रित्तिएर माछा मर्दा निकै दुख लागेको उनको भनाइ छ । उनका अनुसार यस्तो प्राकृतिक विपत्तिबाट किसानलाई नोक्सानी भएपछि स्थानीय सरकारले आफ्नोतर्फबाट हुने सहयोग गर्ने र थप सहयोगका लागि पहल गर्ने उनको भनाइ । वडा क्षेत्रभित्र हाल दुई स्थानमा व्यवसायिक रूपमा माछा पालन भइरहेको उनको भनाइ छ ।

