दाङमा वर्षासंगै आएको हावाहुरीले ५ घरमा क्षति

दाङ । दाङको बबई गाउँपालिकामा बर्षासंगै आएको हावाहुरीले ५ वटा घरहरुमा क्षति गरेको छ । आज बिहानैदेखि आएको बर्षासंगैको हावाहुरीले बबई गाउँपालिका वडा नं. ४ र ५ का ५ वटा घरहरूमा क्षति गर्दा जनजिवन प्रभावित बनाएको छ।

बबई गाउँपालिका वडा नं. ५ पदमपुरका भेषराज डाँगी, वडा नं. ४ का वीर बहादुर बि.क, रेशम बिक, दमाउसी गिरि र तेजबहादुर वलीको घरको छानो उडाउदा क्षति पुगेको इलाका प्रहरी कार्यालय हापुरेका प्रहरी प्रमुख देवबहादुर केसीले जानकारी दिए ।

हावाहुरी सहितको बर्षाले घरको छानो उडाए पनिमानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । घरमा रहेका खाद्यान्न ,लत्ताकपडामा क्षति पुगेको छ । अधिकांश घरको छाना उडाएको छ भने केही घरहरु भत्किएको बबई गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष टेकबहादुर वलीले जानकारी दिए। पिडितहरुलाई स्थानिय सरकारले सामान्य राहात स्वरुप त्रिपाल उपलब्ध गराएको छ । हालसम्म आधिकारिक जानकारी प्राप्त नभए पनि गाउँपालिकाको अन्य विभिन्न क्षेत्रमा क्षति पुगेको अनुमान प्रहरीले गरेको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस