एयरपोर्टका लागि दाङको साझा धारणा बनाउन माग
दाङ । दाङलाई आवश्यक परेको एयरपोर्ट निर्माणको लागि जिल्लाको साझा अवधारणा बनाउन लगायतका माग राखी घोराही बनाउ अभियानले जिल्ला समन्वय समितिलाई ९ बुँदे ज्ञापनपत्र बुझाएको छ ।
अभियानका संयोजक सविन प्रियासनसहितको टोलीले जिल्ला समन्वय समितिका संयोजक नित्यानन्द शर्मालाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझाउने कार्यक्रमको सहजीकरण अभियानका महासचिव पाण्डव शर्माले गरेका थिए ।
ज्ञापनपत्र बुझ्दै समन्वयका प्रमुख शर्माले घोराही बनाऔँ अभियानले उठाएका एयरपोर्ट लगायतका सबै मागहरू दाङको समृद्धि, विकाससँग जोडिएको र यो आवश्यक पनि भएकाले तत्काल एयरपोर्टको विषयमा जिल्लाको साझा धारणा निर्माण गर्न सबै पालिका, राजनीतिक दल, सरोकारवाला निकायलाई बोलाएर ठोस निर्णय गर्न आफूले पहल गर्ने बताएका थिए ।
प्रकाशित मिति : २०८० पुष २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

