डा. रमेश बस्नेतलाई जेसीज उत्कृष्ट युवा पुरस्कार
दाङ । नेपाल जेसिज द्वारा नेपालका उत्कृष्ट दस युबाहरुलाइ प्रदान गरिने ´Ten Outstanding Youth of Nepal´ सम्मानद्वाराबाट दाङका सर्जन डा. रमेश बस्नेत सम्मानित भएका छन । शुक्रबार बुटवलमा नेपाल जेसीजको ५०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा डा. बस्नेत उत्कृष्ट युवा पुरस्कारबाट पुरस्कृत भएका हुन ।
नेपाल जेसीजले विभिन्न विधामा विशिष्ट योगदान गरेका युवालाई उत्कृष्ट युवा पुरस्कार प्रदान गर्दै आएको छ । जसअन्तरगत अन्तरास्ट्रिय स्तरमा नेपालको नामराख्न योगदान पुर्यायको भन्दै डा. बस्नेतलाई उत्कृष्ट युवा पुरस्कारबाट सम्मानित गरिएको हो ।
उनलाई प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रमाणपत्र प्रदान गरेका थिए । बस्नतेलाई स्वर्णपदक र नगद पुरस्कार १० हजार प्रदान गरिएको छ । उनलाई पुरस्कारका लागि त्रिभुवननगर जेसिज दाङले सिफारिस गरेको थियो । यस अघि बस्नेतलाई त्रिभुवननगर जेसिजद्वारा दाङ जिल्लाका उत्कृष्ट युबाहरुलाइ प्रदान गरिने वाइबिबियमवाइ ओडि पुरस्कार २०२३ द्वारा सम्मान गरिएको थियो । पुरस्कृत हुनुभएका सर्जन डा. बस्नेत दाङको घोराहीमा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा आवद्ध छन ।
डा. बस्नेतले सामान्य सल्यक्रियाका लागि ठुलो रकमको जोहो गरि जिल्ला र देश बाहिर जानुपर्ने साविकको राप्तीको अभिसप्त परिस्थितिमा दाङमै विश्वकै नविनतम प्रविधि दुरबिन र लेजर प्रबिधि भित्र्याइ सामान्य देखि विश्वस्तरीय सल्यक्रिया सम्बन्धि सेवा दिदै आएको छ ।
निजि अस्पतालबाट विशेषज्ञ सेवासुरु गर्नु भएका डा. बस्नेतले आफ्नै नेतृत्वमा दाङको केन्द्र घोराहिमा बुद्ध इन्टरनेशनल हस्पिटल स्थापना गरि पश्चिम् नेपालमै पहिलो पटक विभिन्न सेवाहरु सुरु गरेको छ । साबिक राप्ती अञ्चल दाङ, रोल्पा, प्युठान, सल्यान र रुकुम बाट उच्च स्तरीय उपचारका लागि बाहिर जानुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्न डा. रमेश बस्नेतले महत्वपुर्ण भुमिका निर्वाह गरेका छन ।

