दाङमा सवारी दुर्घटना न्यूनीकरण गर्न रिफ्लेक्टर टाँस्न शुरु

दाङ ।  दाङमा सवारी दुर्घटना न्यूनीकरण गर्न  ट्राफिक प्रहरीले सवारी साधनमा ‘रिफ्लेक्टर स्टिकर’ ( टल्कने वस्तु ) टाँस्ने शुरु गरेको छ । जाडो समय बढेसँगै  अब  बाक्लो हुस्सु लाग्ने हुँदा दुर्घटना हुनसक्ने भन्दै सवारी सधानमा रिफ्लेक्टर टाँस्ने  शुरु गरेको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख बरिष्ठ सई ईश्वरी देवकोटाले बताए  । उनका अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको निर्देशन अनुसार तुलसीपुर क्षेत्रमा यो अभियान शुरु गरिएको हो ।

बाक्लो हुस्सु र रातिको समयमा सवारी साधन स्पष्ट नदेखिँदा दुर्घटना हुनसक्ने भन्दै  रिफ्लेक्टर  टाँसेपछि परबाटै लाइट पर्दा टल्कने हुँदा दुर्घटनामा कमी उनको भनाइ छ ।  टल्किएर परबाटै प्रस्ट देखिने हुनाले सवारीसाधनमा ‘रिफ्लेक्टर  राख्दा दुर्घटना न्यूनीकरणमा मद्दत समेत उनले बताए ।

यस्तै जिल्लाका सबै ठाउँका सवारी साधनमा रिफ्लेक्टर लगाउने काम  भइरहेको भन्दै उहाँले शुरुमा आफूले जनचेतना गराउँदै रिफ्लेक्टर टाँस्ने , नम्बर प्लेट स्पष्ट नभएका सवारी साधनमा नम्बर लेख्ने लगाउने समेत बताए ।   यदि प्रहरीले चेकजाँचको क्रममा त्यसो नगरेको पाइएमा  कारबाही गर्ने समेत उनले बताए  ।  रिफ्लेक्टर  विशेष गरी टिपर, ट्याक्टर, साइकल जस्तामा लगाउनु पर्ने समेत उनले बताए ।   तुलसीपुरमा सोमबार दाङ सुर्खेत सडक खण्डमा टासिएको थियो ।

प्रकाशित मिति : २०८० मङ्सिर २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस