गुरुकुल एकेडेमी तुलसीपुरको प्रधानाध्यापकमा मुकुन्द गिरी नियुक्त

दाङ ।  तुलसीपुरमा आगामी शैक्षिक सत्र २०८१ बाट सञ्चालनमा आउन लागेको गुरुकुल एकेडेमीको प्रधानाध्यापकमा मुकुन्द गिरी नियुक्त भएका छन । लामो समयदेखि शिक्षा क्षेत्रमा संलग्न गिरीलाई गुरुकुल एकेडेमीको सञ्चालक समितिको  बैठकले आगामी चार वर्षका लागि प्रधानाध्यापकमा नियुक्त गरेको हो । नवनियुक्त प्रधानाध्यापक गिरीले २०८० मंसिर २१ गते देखि जिम्मेवारी ग्रहण गरे ।

जिम्मेवारी ग्रहण गर्दै नवनियुक्त प्रधानाध्यापक गिरीले छोटो समयमा गुरुकुल एकेडेमी घोराहीले प्राप्त गरेको शैक्षिक सफलतालाई कायम राख्दै गुरुकुल एकेडेमीले तुलसीपुरलाई थप सफलताका लागि कुनै प्रकारको आच आउन नदिएर अघि बढ्ने बताए  । शिक्षा क्षेत्रमा सँगालेको लामो अनुभवलाई गुरुकुलको उद्देश्य प्राप्तीका लागि लगाउने भन्दै उनले गुरुकुलको सफलता प्राप्तिका लागि शिक्षक तथा कर्मचारीहरू मन, वचन र कर्मले एकाकार भएर अघि वढ्नु पर्ने बताए ।

साथै उनले मुख्य ५ वटा बुँदालाई शिरोपर गर्दै विद्यालयलाई सफलतामा पुर्याउने बताए । स्थापना कालदेखि गुरुकुल एकेडेमी घोराहीमा सहायक प्रधानाध्यापकको जिम्मेवारी समालेका गिरीले गुरुकुल एकेडेमी तुलसीपुरलाई नेतृत्व गर्न सञ्चालक समितिले प्रधानाध्यापकको जिम्मेवारी दिएको हो । नवनियुक्त प्रधानाध्यापकलाई स्वागत गर्दै गुरुकुल एकेडेमीका अध्यक्ष ई. अनन्तराज घिमिरेले जिल्लामा गुणस्तरीय शिक्षासँगै अव्बल शैक्षिक संस्थाका रुपमा गुरुकुल एकेडेमी तुलसीपुरलाई कायम राख्न नवनियुक्त प्रधानाध्यापकले महत्वपूर्ण भूमिका खेल्ने बताए । 

गुरुकुल घोराही  स्थापना भएको ८ वर्षको अवधिमा महत्वपूर्ण उपलब्धीहरू हासिल गरेको भन्दै उनले ती उपलब्धीहरूलाई संस्थागत गर्दै उद्देश्य प्राप्तिका लागि गिरीले नेतृत्वदायी भूमिका खेल्ने विश्वास व्यक्त गरे ।  उनले त्रिभुवन विश्व विद्यालयबाट अंग्रेजी मा डिग्री गरेका छन् ।  नवनियुक्त प्रधानाध्यापकलाई गुरुकुल एकेडेमीका अध्यक्ष ई.  घिमिरे लगायत सम्पूर्ण सञ्चालक समितिले बधाई तथा स्वागत गरेको थियो । सञ्चालक समितिले विद्यालयको सिइओ शिक्षाप्रेम जयन्त उपाध्यायलाई नियुक्त गरेको छ । घोराही उपमहानगरपालिका १५ मा स्थापना भएको गुरुकुल एकेडेमीले २०७२ सालदेखि पठनपाठन गर्दै आएको छ, भने लमही र तुलसीपुरमा आउँदो शैक्षिक सत्र २०८० बाट पठन पाठन सञ्चालन हुनेछन्।

प्रकाशित मिति : २०८० मङ्सिर २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस