तुलसीपुर उपमहानगर खरको छानो अहिलेसम्म मुक्त भएन

दाङ । तुलसीपुर उपमहानगरपालिका १९ का रेशम रोकाको घरमा अझै खरको छाना रहेको छ । उनले सरकारद्वारा प्रदान गर्ने टिन ९ जस्तापाता ० का लागि उनले वडामा फाइल बुझाएको दुई वर्ष भयो । तर, अहिलेसम्म टिन नपाएको उनको गुनासो रहेको छ । उनले भने,‘ गाउँ घरका अन्य छिमेकीहरूले शुरुमा टिन पाएर घरमा लगाइसकेका छन् । तर, मैले अहिलेसम्म पाएको छैन् । उपमहानगरले शुरुमा टिन दिएको थियो । अहिले आफ्नै लगानीमा टिन लगाउनु पर्ने रे रु पछि सबै बिल बुझाएपछि पैसा पाइन्छ । ५० र ६० हजार पैसा हामीसँग भए पो टिन किनेर ल्याउनु रु यदि आफैसँग पैसा भएको भए किन सरकारसँग टिन माग्नु जानु पर्दथ्यो ।’

उनका अनुसार गाउँमा धेरैका घरहरू खरको छानामा रहेको छन् । पछिल्लो समय सरकारले नीति बदल्दा आफूहरू जस्ता गरिबहरूलाई समस्या भएको समेत गुनासो गरे । पहिला सबै कागज पत्र मिलाएमा सिधैँ टिन पाइने भएकोमा अहिले आफैले किनेर लगाउनु पर्ने र अन्तिममा पैसा पाइने भएकाले धेरै खरको छानामा बस्न बाध्य भएको उनको गुनासो छ । उनले भने,‘ शुरुमा सरकारले टिन दिन लागेपछि धेरै खुशी लागेका थियो ।

घरको छानामा बसेका हामीहरू बर्खामा पानीको डर र हिँउदमा हावाहुरीसँग आगो डरमा बस्नु पर्ने बाध्यता छ । तर, अब आफैले शुरुमा टिन किन्नु पर्ने भएपछि हामीलाई समस्या भएको छ । हामी खरको छानामा बसेको सबैलाई थाहा नै छ । आखिरमा पैसा त हामीलाई दिने नै हो रु शुरुमा दिए हामी टिन किनेर लगाउने थियौँ ।’

रोका मात्र नभइ तुलसीपुरका विभिन्न वडाहरूका नागरिकहरू खरको छानामा बस्ने बाध्य भएका छन् । २०७४ सालमा तुलसीपुर उपमहानगरपालिकामा निर्वाचित भएर आएपछि तत्कालीन मेयर घनश्याम पाण्डेले तुलसीपुरलाई खरको छाना मुक्त बनाउने अभियान शुरु गरेका थिए । पछि प्रदेश र सङ्घबाट जनता आवास र सुरक्षित नागरिक आवास कार्यक्रम आए । तिन वटा सरकारले खरको छाना मुक्त बनाउने अभियान गरेको भएयता पनि अझै घरका छानाले टिनको पर्खेर बसेका छन् । तुलसीपुर अझै सयौँ घरको छान मुक्त हुन बाँकी रहेका छन् ।

तुलसीपुरमा ३ हजार घर खरको छाना मुक्तस्थानीय तहमा पहिलो पटक खरको छाना मुक्त गर्ने अभियान शुरु गरेको उपमहानगर अहिलेसम्म मुक्त भएको छैन् । तुलसीपुर १ ,३ ,१३, १९ लगायतका वडाहरू खरको छाना मुक्त भएका छैनन् । संघ र प्रदेश सरकारले पनि खरको छान मुक्त गर्ने अभियानका साथ जनता आवास र सुरक्षित नागरिक आवास कार्यक्रम ल्याएको भएयता पनि यस आर्थिक वर्षमा यो कार्यक्रम नआएको उपमहानगरपालिकाका सूचना अधिकारी बाबुराम न्यौपानेले बताए ।

उनका अनुसार तुलसीपुर ३ हजार बढि घरहरू खरको छाना मुक्त भएका छन्, भने अझै बाँकी रहेका छन् । यस आर्थिक वर्षमा यो कार्यक्रम नआएको र अर्को वर्ष आउने कुरा भएको उनको भनाइ छ । यस्तै उपमहानगरको विपद् व्यवस्थापन शाखा मार्फतबाट पनि विभिन्न प्राकृतिक प्रकोपबाट पीडित भएका परिवारहरूलाई पनि टिन दिँदै आइरहेको उनले बताए ।

कार्यक्रमका संयोजक सांसद गिरीले ध्यान नदिँदा नागरिकले समस्या पाए तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्का अनुसार प्रतिनिधि सभा सदस्य यो अभियानको संयोजक हुने प्रावधान रहेको छ । दाङ निर्वाचन क्षेत्र नं। ३ मा प्रतिनिधि सभा सदस्य दीपक गिरी संयोजक हुन् । आफूसहित पश्चिम दाङका ३ वटा गाउँपालिकाका अध्यक्षहरू सदस्य छन् ।

संयोजक गिरीले वेवास्ता गर्दा करिब एक हजार घर खरको छानो मुक्त हुन बाँकी रहेको उनको भनाइ । उनले भने,‘ मैले संयोजकलाई बैठक बस्ने पटक पटक आग्रह गर्दै आएको छु । तर, अहिलेसम्म उहाँले चासो नदिँदा नागरिकहरू समस्या भोगीरहेका छन् । निर्वाचन क्षेत्र १, २ मा टिन वितरण भएका छन् । तर, ३ मा एक घरलाई पनि वितरण भएको छैन् ।’

संयोजकले वेवास्ता गर्दा आफूहरूलाई समस्या भएको भन्दै उनले खरको छाना मुक्त गर्नको लागि स्थानीय सरकारमा फाइलहरू चाङका चाङ रहेको पनि समेत बताए । उनले भने,‘ टिक वितरणको लागि उहाँको अध्यक्षतामा बैठक बस्नु पर्ने हुन्छ । यदि उहाँले मैले अहिले भ्याउँदैन । बैठक बस्नुहोस्, म आएर सही गर्छु, भने पनि हामी गर्न तयार छौँ । निर्वाचन जितेर गएदेखि अहिलेसम्म उहाँसँग भेट भएको छैन ।’

यहाँ नागरिकहरूले स्थानीय सरकारले टिन नदिएको भनेर आफूहरूसँग रिसाएको भएयता पनि संयोजकका कारणले गर्दा समस्या भएको उनले बताए । शुरुमा तुलसीपुर उपमहानगरपालिकाले यो अभियान सञ्चालन गर्दा वडा कार्यालयको सिफारिसमा नागरिकहरूले टिन पाउने भएयता पनि अहिले संघ र प्रदेशले पनि यस्तै कार्यक्रम ल्याएपछि प्रतिनिधि सभा सदस्य संयोजक हुने व्यवस्थाले गर्दा समस्या भएको उनको भनाइ छ ।

प्रकाशित मिति : २०८० कार्तिक १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस