खुला कवडि प्रतियोगिता २०८० हुँदै

दाङ । दाङको तुलसीपुरमा खुला कवडी प्रतियोगिता २०८० हुने भएको छ । युथ स्पोर्ट्स एकेडेमी तुलसीपुर दाङको आयोजनामा हुने प्रतियोगिता यहि भदौ १५ गते शुक्रबारदेखि राप्ती किङ प्रशिक्षण केन्द्रको खेलमैदानमा हुनेछ ।

प्रतियोगिताको औपचारिक उद्घाटन बिहान ११ बजे हुने आयोजक युथ स्पोर्ट्स एकेडेमी तुलसीपुरका अध्यक्ष सुजन थापामगरले जानकारी दिए । प्रतियोगिताको बिजेता टिमले नगद ३० हजार, ट्रफी,मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।त्यस्तै उपबिजेता टिमले नगद २० हजार, ट्रफी,मेडल प्रमाणपत्र र तृतिय स्थान हात पार्ने सेमिफाइनल सम्म पुगेका दुई टिम लाई प्रमाणपत्र, मेडल,कपको ब्यवस्था गरिएको अध्यक्ष थापाले जानकारी दिए ।

भदौ १७ गतेसम्म संचालन हुने प्रतियोगितामा १२ बढी टिमको सहभागीता रहनेछ । यसैबिच आयोजकले प्रतियोगितामा सहभागी हुने टिमका खेलाडिहरुको उमेर २२ वर्ष मुनिको हुनुपर्ने जनाएको छ ।

प्रकाशित मिति : २०८० भाद्र १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस