एमसीसी सम्झौता खारेजीको माग गर्दै दाङमा विरोध प्रर्दशन

दाङ । राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ एमसीसी सम्झौता खारेजी गरौँ’ भन्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल दाङले विरोध जनाएको छ । शुक्रबार दाङको तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरी विरोध जनाएको हो । ‘स्वाधीनता बेचेर समृद्धि चाहिँदैन्, देश बेच्न पाइदैन् । एमसीसी चाहिँदैन्’ भन्दै विरोध प्रर्दशन गरेका थिए ।

विरोध कार्यक्रममा विद्यार्थी लगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो । सरकारले यही १४ गतेदेखि नेपालमा एमसीसी कार्यान्वयन गर्ने खोजको भन्दै पार्टीले यसको कार्यान्वयन भन्दा पनि खारेजी गर्नु पर्ने भनेर विरोध गर्दै आइरहेको जनाएको छ ।

कार्यक्रममा नेपालका केन्द्रीय सचिवालय सदस्य तथा जिल्ला इन्चार्ज समिरले एमसीसी कार्यान्वयनका चरणमा रहेकोले तत्काल उक्त कार्य बन्द गर्न आग्रह गरे । उनले एमसीसी खारेजीको माग समेत गरेका छन् । उनले भने,‘ हामीहरू क्रान्ति होइन, शान्ति चाहन्छौँ ।

तर, आज हाम्रो देशको अमेरिकी साम्राज्यवाद लगायतका वैदेशिक शक्तिहरू नेपालमा युद्ध निम्त्याउन चाहन्छन् । नेपालका प्रतिक्रियावादी शासकहरू पनि अर्को युद्ध निम्त्याउन चाहन्छन् । ’ यस्तै उनले नेपालमा अमेरिकी बुटहरू बजारिए आफूहरू चुप लागेर नबस्ने समेत चेतावनी दिए ।

अमेरिकी साम्राज्यवादले विश्वमा जुन किसिमले दादागिरी गरिरहेको छ । नेपालमा पनि फेरि युद्ध निम्त्याउने कोसिस सहित नेपाल प्रवेश गर्न खोजिरहेको समेत उनको आरोप छ । आज आफूहरू सडकमा एससीसी फिर्ता लैजानको लागि सडकमा आएको समेत उनको भनाइ छ ।

एमसीसी अमेरिकाको सहयोग नभइ लगानी भएको भन्दै उनले एमसीसीको नाममा ५५ अर्ब नेपाली पैसा आएको भन्दै त्यो भन्दा एनसेलबाट कर असुली गर्न समेत आग्रह गरे । यस्तै अखिल ( क्रान्तिकारी ) केन्द्रिय सदस्य एवं लुम्बिनी प्रदेश संयोजक नवीन खाकाले अहिलेका शासकहरूले नेपाललाई युद्धको क्रिडास्थल बनाउन खोजेको भन्दै एमसीसी संसदबाट पास गरेको आरोप लगाए ।

उनले भने,‘ यसका विरुद्धमा हाम्रो पार्टी सडकमा उत्रिएको छ । एमसीसी परियोजना पास गरेर काङ्ग्रेस, एमाले माओवादी केन्द्रले ठुलो राष्ट्रघात गरेका छन् । एमसीसीको बुँदामा यस्तो लेखिएको छ । एमसीसी प्रयोजनका लागि नेपालमा चाहे हवाइ मार्ग होस् वा स्थल मार्गबाट होस् , आउँदा नेपालका सुरक्षा निकायले चेकजाँच गर्न नपाउने भन्ने छ ।’

यस्तै अर्को बुँदामा एमसीसी प्रयोजनका लागि अमेरिकाबाट आएका नागरिकहरूले कुनै पनि यस्तै नेपाल कम्युनिस्ट पार्टी पश्चिम दाङले एमसीसी सम्झौताको विरोध जनाएको छ । पार्टीले बिहीबार तुलसीपुरमा एमसिसी सम्झौता कार्यान्वयनका विरुद्ध डिजिटल प्रचार गरेको थियो । एमसीसी सम्झौता कार्यान्वयनका विरुद्ध जनतामा जागरण पैदा गर्ने उद्देश्यले तुलसीपुरको बिरेन्द्र चोकमा रहेको डिजिटल बोर्डमा खारेज गरौँ लेखिएको पोस्टर प्रचार गरेको थियो ।

प्रकाशित मिति : २०८० भाद्र ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस