गर्मी बढ्यो उपभोक्तालाई सहज पानी वितरण गर्नुस् : नगरप्रमुख

दाङ । जुरपनिया मैनतारा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । निर्वाचन समितिका संयोजक रामबहादुर वलीको अध्यक्षता एवम् नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा पदहस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख टीकाराम खड्काले गर्मी बढ्सँगै पानीका मुहान सुक्दै गएकाले नव निर्वाचित समितिले उपभोक्ताहरुलाई पानीका स्रोत थप्दै सहजरुपमा पानी वितरण गर्नका लागि आग्रह गरे ।

उनले यस क्षेत्रमा पानी वितरणका लागि पानी शुद्धीकण गर्नका लागि संरचना तयार गर्नका लागि निर्देशन दिए । नगरप्रमुख खड्काले समितिले पानी वितरणमा योजनाहरु ल्याए बजेटको सुनिश्चिता गरिने बताए ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ का वडा सदस्य धनबहादुर बस्नेत, समितिका पूर्व अध्यक्ष शेरबहादुर खड्का, माओवादी केन्द्र वडा नम्बर १८ का अध्यक्ष लोकबहादुर बहकरी, निर्वाचित अध्यक्ष रामकुमार डाँगीले मन्तव्य व्यक्त गरे । रामकुमार डाँगीको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसहमतिमा चयन भएको हो ।

समितिको उपाध्यक्षमा शेषमणि कुवर, सचिवमा दामोदर बस्नेत (राकेश), कोषाध्यक्षमा यामबहादुर केसी चयन भएका छन् । सदस्यहरुमा रेणु डाँगी, कमला शर्मा, टोपबहादुर वली क्षेत्री, विशेषण वली, वीरबहादुर नेपाली, रेवतीप्रसाद बस्नेत र छवि घर्ती रहेका छन् । कार्यक्रमको सञ्चालन निर्वाचन समितिका सदस्य सूर्यबहादुर बस्नेतले गरेका थिए ।

प्रकाशित मिति : २०७९ फाल्गुन १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस