दाङमा खाना पकाउने ग्यास लिग भएर आगो लाग्दा २ जना घाइते
दाङ । दाङमा खाना पकाउने ग्याँस लिग भइ आगलागी हुँदा २ जना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका १५ पतकौलीस्थित गोर्खा सिट कम्पनी प्राली (कृषि बीउ उत्पादन कम्पनी)मा बिहीबार बिहान ९ बजे खाना पकाउने क्रममा ग्याँस लिक भइ आगलागी हुँदा स्थानीय स्थानीय ५० वर्षीया कुसुम केसी र चितवन भरतपुर महानगरपालिका घर भई हाल उक्त कम्पनीमा कार्यरत २९ वर्षीय आशिष खनाल घाइते भएका छन् ।

कुसुम गम्भिर घाइते भएको र उनलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि बाँके रिफर गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएकको छ । उनको कम्मर मुनिको अधिकाँस भाग जलेको प्रहरीले बताएको छ । यस्तै घाइते आशिषको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । उनी उपचार गर्ने घर चितवन भएकाले चितवन तर्फ लागेको प्रहरीले बताएको छ । उनको हात जलेको र अवस्था सामान्य रहेको छ ।

विहान नै नयाँ ग्साँस सिलिन्डर फेरिएको थियो । आगलागी भएको कोठा सानो हुँदा कुसुम बाहिर आउन नसक्दा उनलाई आगो लागेको थियो । उनलाई आगो लागेपछि आशिष बचाउन जादा उनलाई आगोले पोलेको थियो ।

