दाङमा बबई नदीमा डुबेर एक जना बेपत्ता

दाङ ।  दाङमा बबई नदीमा डुबेर एक जना बेपत्ता भएका छन् ।

शुक्रबार दिउँसो तुलसीपुर उपमहानगरपालिका १३ बखरिया नजिकबाट नदी तरेर आउने क्रममा एक जना पुरुष डुबेर बेपत्ता भएपनि उनको पहिचान खुल्न सकेको छैन । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार ती व्यक्ति बग्दै गरेको स्थानीयले देखेको र उद्धारको प्रयास गर्दा फेला परेनन् ।

तर, ती ब्यक्तिले बोकेर ल्याएको सामान भने केही तल नदीमा फेला परेको भएपनि बगेका व्यक्ति अहिले सम्म फेला नपरेको र खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ । तुलसीपुर – अमिलिया सडक खण्ड अन्तरगत सितलपुर स्थित बबई नदी पुल भन्दा केही पूर्व दक्षिणबाट उनले नदी तर्न खोज्दा बगेको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रकाशित मिति : २०७९ असोज २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस