प्रहरी नायब निरीक्षक गौतमलाई दर्ज्यानी प्रदान
दाङ । नेपाल प्रहरीका एकजना प्रहरी अधिकारी असइ भएको ४ बर्ष नपुग्दै सइमा (सिंगल) बढुवा सिफारिस भएका प्रहरी नायव निरिक्षक युवराज गौतमलाई दरज्र्यानी प्रदान गरिएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दरबन्दी भई जिप्रका दाङमा कार्यरत असई युवराज गौतम आफुभन्दा सिनिअर असइलाई समेत पछाडि पार्दै सिंगल बढुवा भयपछि जिल्ला प्रहरी कार्यालयमा आज एक कार्यक्रम गरि दज्र्यानी चिन्ह प्रदान गरिएको हो ।
नेपाल प्रहरीमा उत्कृष्ट कार्यक्षमता भएका कारण उनलाई सिंगल बढुवा सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । उनलाई बुधबार देशभरीका असई मध्यबाट प्रहरी प्रधान कार्यालयले सईका लागि सिंगल बढुवा सिफारिस गरेको हो ।
गौतम अपराध अनुसन्धान र नियन्त्रणमा नेपालमै उत्कृष्ट मानिन्छन् । उनले कस्तुरीको बिणा, अबैध हातहतियार र ठूलो मात्रामा ब्राउनसुगर बरामद गरेर आफूलाई अब्बल साबित गरेका छन् । नेपाल प्रहरीमा जवानबाट सेवा प्रवेश गरेका गौतम २०७५ मंसिर २ गते हवल्दारबाट असईमा बढुवा भएका थिए ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुरेशप्रसाद काफ्लेको अध्यक्षतामा एक कार्यक्रम गरि प्रमुख काफ्ले र प्रहरी निरिक्षक सन्दिप बेलबासेले संयुक्त रुपमा चिन्ह लगाई दिएका हुन् । प्रहरी नायव निरिक्षक गौतमको अब्बल क्षमताको प्रशंसा गर्दै एसपी काफ्लेले अन्य प्रहरी संगठनका कर्मचारिहरुमा पनि यसैगरी काम गर्नुपर्ने बताएका थिए । दज्र्यानी लगाए पश्चात नायव निरिक्षक गौतमले आगामी दिनमा अपराध अनुसन्धानमा लगनशिल, ईमान्दार भयर जनताको सुरक्षाका लागि काम गर्ने बताएका छन् ।

