दाङमा सवारी दुर्घटनामा परी दुई जना घाइते
दाङ । दाङमा छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका १ भमके बस्ने ७० वर्षीया नारिमा भट्टराई र घोराही ६ बस्ने २३ वर्षीय शिशिर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
आज तुलसीपुरदेखि जस्पुर तर्फ जादै गरेको रा ३ प ३२१० नम्बरको मोटरसाइकले पैदल यात्रु भट्टराईलाई तुलसीपुर ५ लक्ष्मीनाराण मन्दिरस्थित ठक्कर दिएको थियो ।
त्यसैगरी अर्जुनखोलादेखि लमही तर्फ आउँदै गरेको रा ४ प ४९८६ नम्बरको मोटरसाइकललाई बिपरीत दिशाबाट जादै गरेको रा ६ प ४४०३ नम्बरको मोटरसाइकले पछाडिबाट ठक्कर दिदा मोटरसाइकल चालक चौधरी गम्भिर घाइते भएको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७९ असार ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

