बकर इदका अवसरमा नगर प्रमुख खड्काद्वारा शुभकामना
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काले मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा)को अवसरमा सम्पूर्ण मुसलमान समुदायमा शुभ कामना दिएका छन् ।
मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) को अवसरमा नगर प्रमुख खड्काद्धारा जारी शुभकामना सन्देशमा भनिएको छ “विभिन्न जातजाति, धर्म, संस्कृतिले नै नेपालीलाई एकताको सुत्रमा गाँसेको छ । सामाजिक संस्कृति, परम्परा, रीतिरिवाज, जातजाति र वेषभूषाको विविधता रहेको हाम्रो मुलुकमा यो पर्वले एकता र सहकार्यको वातावारणलाई अझ मजबुत बनाउन सहयोग गरोस् ।
बकर इदको पानवन अससरमा समस्त दिदिबहिनी दाजुभाइहरुमा हार्दिक मुबारक तथा शुभकामना व्यक्त गर्दछु ।” कोभिड महामारी अझै कायम रहेकाले यसबाट बच्नका लागि स्वास्थ्यका मापदण्ड अपनाउँदै इद पर्वलाई सजगता र सुरिक्षतका साथ मनाउन नगर प्रमुख खड्काले सबैमा अनुरोध गरेका छन् ।

